धुन्चेमा नेपाल बङ्गलादेश बैंकको शाखा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:46:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ । बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा क्षेत्रको टिमुरेमा उपशाखा सञ्चालनमा ल्याएपश्चात् धुन्चेमा शाखा विस्तार गरिएको हो । टिमुरे शाखामा नियमित कारोबार गर्ने सेवाग्राहीको सङ्ख्या एक जहार ९५१ रहेको बैंकले जनाएको छ ।

रु १० करोड निक्षेप रहेको सो शाखाले अपुग रकम केन्द्रबाट सापटी लिई रु १६ करोड ऋण प्रवाह गरेको बताइएको छ । यस्तै सेयर कारोबारका लागि हितग्राही खाता खोल्नेको सङ्ख्या १५० नाघिसकेको छ ।

रसुवामा हाल नेपाल बैंक, जनता, हिमालयन, मेगा, कृषि विकास, एनएमबी बैंक, आइसिएफसी फाइनान्स शाखामार्फत कारोबार भइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved