यसरी जन्मिएको थियो 'दारी ग्याङ', संस्कृतिविद् सत्यमोहन जोशीले अन्जान मै जुराईदिएका थिए नाम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 10:05:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको बाटोमा हिड्दा अलि बढी दारी भएको कोहि देखियो भने अहिलेका युवाहरु मनमनै सोच्ने गर्छन 'यो पक्कै दारी ग्याङमा होला'। कसैले त सोध्न पनि भ्याउछन् । अनि दारी ग्याङको लोगो अंकित टिशर्ट लगाएको भए त सोध्नै परें प्रष्टै हुन्छ दारी ग्याङ कै रैछ ।

पछिल्लो समय चलचित्र जात्राको प्रचार प्रसारको समयमा पनि दारी ग्याङको सामाजिक  संजालमा खुबै चर्चा भए। आखिर के हो यो दारी ग्याङ, जसले पछिल्लो समय चर्चा बटुलीरहेको छ । 

दाह्री पाल्ने र रुचाउने युवाहरुको फेसबुक समूह हो, दाह्री ग्याङ ।  लगभग १० महिनाअघि बनाईएको  समूह अरु समूह भन्दा भन्दा  पृथक पहिचान बोकेको छ ग्याङ  । यस समुहमा  हालसम्म लगभग ८०  हजार बढी सदस्य छन् ।अहिले ‘दाह्री ग्याङका सदस्यहरु  काठमाडौँ कास्की , चितवन, झापा, इटहरी, धनगढी, बुटवल, बारा, काभ्रे लगाएत अधिकांश जिल्लामा फैलिसकेका छन् । पोखरा ,झापा र काभ्रेमा विशेष सक्रिय छ ‘दाह्री ग्याङ’ । यो संस्था दर्तावाल संस्था  होइन तर सामाजिक काम भने  दर्तावाल सामाजिक संस्थाहरुले भन्दा काम कम गरेको छैन । 

कसरी जन्मियोदाह्री ग्याङ ?

इतिहासका विद्यार्थी जगदीश भण्डारी एकदिन साथीलाई लिएर दरबार हाइस्कुलबारे बुझ्न संस्कृतिविद् सत्यमोहन जोशीको घर पुगे । उनी पुगे लगत्तै २ टिभी पत्रकार  पनि जोशीलाई खोज्दै अन्तर्वार्ता लिन त्यहि आइपुगे । संयोग कस्तो भयो भने ति पत्रकार पनि दारी पालेका, जगदीश अनि ऊनका साथीले पनि दाह्री पालेका ,सबैको झाप्प्यै दारी । सत्यमोहनलाई एउटै ग्रुप जस्तो लागेछ । उनले फ्याट् भनेछन् , “तपाईंहरू त  दाह्री ग्याङ नै भएर मलाई  भेट्न आउनु भएछ  त ?”

सत्यमोहन जोशीको ‘दाह्री ग्याङ’ भन्ने शब्द  जगदीशलाई मन परेको रहेछ । मुकेशलाई पनि चित्त बुझ्यो । उनीहरूका अधिकांश साथीले दाह्री पनि पालेका थिए । त्यसैले उनीहरुले  यो कुरा साथीहरुमाझ  राखे, अनिल पुरीले ‘दाह्री ग्याङ’ नाम राखेर फसबूक पेज ,ग्रुप र इन्स्टाग्राम अकाउन्ट नै खोले  । साथीहरूबीच आफ्नो ग्रुप च्याट होस् भनेर खोलिएको ‘दाह्री ग्याङ’ अहिले समाजसेवा गर्ने ग्याङको रूपमा उभिएको छ । सात जनाबाट सुरु भएको फेसबुकके ‘दाह्री ग्याङ’मा अहिले ८० हजर सदस्य छन् । काठमाडौंमा ८ जना र काठमाडौंबाहिर ७ जना एडमिन छन् ।

दारी ग्यांगमा कसरी  प्रबेस गर्ने :

यसको सदस्यता लिन कसैले पैसा तिर्नु पर्दैन । यो ग्याङमा छिर्न कुनै कडा सीमा पनि छैन । ‘दाह्री ग्याङ’ले यसमा आफ्नो आचारसंहिता पनि जारी गरेको छैन तर १८ वर्ष नपुगेका व्यक्ति सहभागी हुन पाउँदैनन् । अर्को नियम– नयाँ र फेक आईडी पनि एडमिनले एक्सेप्ट गर्दैन।

दाह्री ग्याङमा दाह्री नआउने पुरुष पनि अटाउँछन् । अर्को रोचक कुरा के भने  महिलाहरू पनि दाह्रीप्रति एक्यबद्धता जनाउदै  ‘द बियर्ड लभर’को रूपमा रहन पाउँछन् ।  

दारी ग्याङले गरेका कार्यहरु :

मुलुकका विभिन्न शहरमा युवाहरु आबद्ध भई स्थानीय स्तरमा दाह्री ग्याङको नामबाट सामाजिक गतिविधि भईरहेका छन् । पोखरा, चितवन, झापा, इटहरी, धनगढी, बुटवल, बारा, काभ्रेमा दाह्री ग्याङको  विशेष सक्रियता  रहेको  छ । यो कुनै दर्तावाला  संस्था होइन तर सामाजिक काम भने  दर्तावाल सामाजिक संस्थाहरुले सरह  गर्दै आएको छ  । दाह्री ग्याङ ले सानो लाग्ने तर महत्वपूर्ण कुरा गर्ने गरेको छ । मन ठूलो भए धन आफैं जम्मा हुन्छ भन्ने सोचले  यो ग्याङ चलेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनलाई  गिरानचौरमा बस्ति निर्माण गर्न श्रमदान  सहयोग गरेको दारी ग्याङले अनाथ बालबालिकालाई सहयोग गर्नेदेखि चिसोमा लुगा  समेत प्रदान गर्यो । ‘दाह्री ग्याङ’ले हेटौंडामा क्यान्सर पीडितका लागि रकम हस्तान्तरण गरेको थियो  साथै  न्यानो लुगा बाँड्यो ।  बुटवलमा स्टेशनरी बाँडेको ग्याङले काठमाडौंमा फुटसलबाट पैसा संकलन गरेर आफूलाई समाजसेवामा समर्पित गरायो । सुरुमा साथीहरूबीच आफ्नो ग्रुप च्याट होस् भनेर खोलिएको ‘दाह्री ग्याङ’ अहिले समाजसेवा गर्ने ग्याङको रूपमा उभिएको छ ।

‘दाह्री ग्याङ’ले झापामा मेटिइसकेको जेब्रा क्रसिङ पेन्ट गर्यो ।  झापामा उनीहरुले जेब्रा क्रसिङ पेन्ट मात्रै गरेनन्, दुर्घटना बढाउने ठाउँमा भएका जेब्रा क्रसिङ हटाएर उपयुक्त ठाउँमा सारे । दारी ग्यांगले  विभिन्न  नदि, सडक तथा सार्बजनिक सम्पदाहरुमा सरसफाई को  कार्यक्रम  समेत   गर्दै आएको छ । तर ,काठमाडौंमा  भने अनावश्यक सर्त र सरकारी झमेला भएको कारण खुला हृदयले समाजसेवा गर्न  र विभिन्न अभियानहरु  चलाउन सकिरहेको छैन , ग्याङले । काठमाडौंमा ग्याङले अनावश्यक ठाउँमा रहेका जेब्रा क्रसिङ हटाउन र मेटिसकेका जेब्राक्रसिङ पेन्ट गर्न प्रस्ताव गरे । तर, प्रशासनले ‘दाह्री ग्याङ’ दर्ताको कागज खोज्यो ।

दाह्री ग्याङले  पोखराको वडा नं. २३ स्थित निर्मलपोखरी पोख्रेलथोक स्थित रामरुद्रा आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत आपतकालित अवस्थामा प्रयोग गर्न सकिने स्वास्थ्य सामाग्री ,शैक्षिक तथा खेलकुद सामाग्री ( मार्कर, मसी, डस्टर, स्पाईकिङ, ब्याडमिन्टन, कक, फुटबल ) प्रदान गरेको छ ।

स्थापनाको छोटो समयमै समूहले यसअघि मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदान, ट्राफिक सचेतनामूलक कार्यक्रम लगायत  दर्जन बढि सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । सामाजिक रुपान्तरणका लागि सामाजिक सञ्जाल उपयोगी बन्न सक्ने कुरा दारी ग्यांग ले प्रमाणित गरेको छ ।

दारी ग्यांगका  आगामी योजनाहरु :

काठमाडौँमा  विभिन्न  कार्यक्रम तथा समाज सेवा गर्ने योजना बनायको ‘दाह्री ग्याङ’ले ‘अल नेपाल बियर्ड एन्ड मुस्टास कम्पिटिसन’आयोजना गर्दैछ । स्थापनाको एक वर्षको अवसर पारेर फागुन ६ मा प्रतियोगिता हुने ग्याङले जानकारी  दिएको  छ । काठमाडौँ भित्र ग्याङले  बिभिन्न स्थानमा सरसफाईका कार्यक्रम साथै  सडक किनारमा   वृक्षारोपण    समेत गर्ने योजना रहेको  छ ।  दारी ग्याङका सदस्यहरुले  आकस्मिक बिरामीहरुलाई  फ्रेश ब्लड  उपलब्ध गराउने  कार्य लाई आझै पृथक ढङ्गले अगाडी बढाउन  सदस्यहरुको ब्लड डाटाबेस बन्दै  छ ।  फ्रेश ब्लड  भन्नाले आवश्यकता पर्ना साथ उपस्थित भएर रक्तदान गर्नु हो  ।  

काठमाडौँ बाहिर दारी ग्याङले  भूकम्प पिडितका लागि  गोठ निर्माण गर्ने  समेत  योजना बनाएको  छ । साथै धुर्मुस सुन्तली को  मुसहर बस्ति निर्माण कार्यमा दारी ग्यांग ले सक्दो श्रमदान र आर्थिक सहयोग गर्ने समेत जानकारी दिएको छ । 

दारी ग्याङको अफिसियल लोगो, टिशर्ट र नारा पनि छ  ।  'गालामा दारी, काँधमा जिम्मेवारी' उनीहरुको नारा हो  । नाराले भने झैँ उनीहरु समाजको जिम्मेवारी बहन गरेर अगाडी बढिरहेका छन्  । अझ सक्रिय रुपमा अगाडी बढ्ने सोचमा छन्  । तर राजधानीमा भने प्रशासन सहयोग नगरेको उनीहरुको गुनासो छ । 

@humagainbasanta

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved