सरकारले बैशाखमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्छ : प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 02:59:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदकाे गतिराेध अन्त्यसँगै स्थानीय निर्वाचनकाे ढाेका खुलेकाे बताएका छन्। साेमबार बिहान पूर्वी चितवनकाे बीरेन्द्रनगरमा स्थापित जनयुद्धका सहिद तथा बेपत्ता याेद्धाहरुकाे स्तम्भ अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बाेल्दै प्रधानमन्त्रीले भने, ‘हिजाेबाट संसदकाे गतिराेध हटेकाे छ। हामीले असहमतिका बीच प्रक्रियामा सहमति खाेजेका छौ। निर्वाचनसँग सम्बन्धित विद्येयक संसदमा अघि बढिसकेका छन्। अब स्थानीय निर्वाचनकाे ढाेका खुलेकाे छ। सरकारले बैशाखमा निर्वाचन गर्ने गरी निर्वाचनकाे मिति घाेषणा गर्नेछ। अब देश निर्वाचनमा अघि बढ्याे।’

राजनीतिक विषयमा बाेल्दै प्रधानमन्त्रीले भने, ‘हामीले संविधान जारी गर्नुपूर्व नै संशाेधनकाे प्रतिवद्दता जाहेर गरेका थियाै। हाम्राे संविधान एक गतिशील दस्तावेज हाे। संविधानकाे स्वीकार्यता बढाएर देशलाई एकतावद्ध गर्नु र अार्थिक समृद्धिकाे अाधार तयार गर्नु सरकारकाे प्राथमिकता हाे। त्यसका लागि सरकार क्रियाशील छ।’

चितवन विकास र राजनीतिकाे केन्द्र रहेकाेमा जाेड दिँदै प्रधानमन्त्रीले भने, ‘चितवन राजनीतिक परिवर्तन र विकासका दृष्टिले केन्द्र रहँदै अाएकाे छ। मैले छिटै चितवनकाे समग्र विकासकाे प्याेकज ल्याउँदैछु। अब राजनीतिक विवादले अार्थिक समृद्धि अाेझेलमा पर्नु हुँदैन। अबकाे युग विकास र समृद्धिकाे युग हाे। यसलाई गहिराे अात्मसात गरि अार्थिक समृद्धिमा सबैकाे सहकार्य जरुरी छ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved