यसरी भयो एनआइबीएल प्रगति फन्ड बाँडफाँड , हेर्नुस कसले कति पाए (सुचीसहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 01:28:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल क्यापिटल मार्केटले संचालनमा ल्याएको दोस्रो सामुहिक लगानीकोष एनआइबीएल प्रगति फण्डका इकाइहरु बाँडफाँट भएको छ । एनआइबिएल क्यापिटल मार्केट  नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो । 

एनआइबिएल क्यापिटल बुधबार फन्ड बाँडफाँड गरिएको हो । क्यापिटलले गत मंसिर २० देखि २५ गतेसम्म प्रतिइकाई १० रूपैयाँ मूल्यको ७५ करोड रूपैयाँ बराबरको सात करोड ५० लाख इकाई बिक्री खुला गरेको थियो । सुरुमा ६० करोड रूपैयाँ बराबरको ६ करोड इकाई बिक्री खुला गरिएकामा आवश्यकताभन्दा बढी माग पर्न आएपछि २५ प्रतिशत इकाई थप गरिएको हो ।

सबै आवेदकले यो फन्ड हात पारेका छन् । ५० हजारसम्म आवेदन दिने साना लगानीकर्ताले ५१ प्रतिशत र त्यसभन्दा बढी आवेदन दिने ठूला लगानीकर्ताले १७.१२ प्रतिशतले इकाई हात पारेका छन् ।  

एनआइबिएल प्रगतिको फन्डमा कम्पनीले निष्कासन गरेको ६ करोड इकाइमध्ये दश लाख इकाई बीज पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको थियो । सर्वसाधारणले ५ करोड १० लाख इकाइ बिक्री गरिएको हो ।

ईकाई थप गरिएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआइबीएल क्यापिटलले २५ प्रतिशत थप लगानी गरेका छन् । 

हेर्नुस कसले कति पाए ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved