नेपालीमाझ लोकप्रिय बन्दै गरेको सोमर्सबी एप्पल साइडर अब इटहरीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2016 | 05:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 

गोर्खा बु्रअरी प्रा.लि ले सोमर्सबी एप्पल साइडर इटहरीमा पनि बिक्रि सुरु गरेको छ। स्थानीय व्यक्तिहरु, सरोकारवाला, ग्राहक र पत्रकारहरुको सहभागिता इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक समारोहकाबीच इटहरीमा पनि बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ। 

पोखरा र नारायणघाटमा सफल थालनी पछि बजार विस्तार गर्ने क्रममा इटहरीमा समेत बिक्रि थालनी गरिएको जनाइएको छ। गुलियो र स्वादिलो बिशेषता रहेको सोमर्सबी एप्पल साइडर काठमाडौं, पोखरा र नारायणघाट पछि नेपालको पूर्वी क्षेत्रमा इटहरीबाट बिक्री वितरण थालनी गरिएको र निकट भविष्यमा देशका अन्य स्थानमा समेत पुर्याइने कम्पनीले जनाएको छ। 

४।५ प्रतिशत अल्कोहलको मात्रा रहेको सोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो। गुलियो र स्वादिलो रहेको साइडर नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ पेय पदार्थ हो। सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त रहेको र यसको प्रयोग गर्मिको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त हुने कम्पनीको दाबी छ। 

सन २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ भएको एप्पल साइडर विश्वका ५० भन्दा बढी मुलुकहरुका उपभोक्ता माझ लोकप्रिय रहेको छ। एसियाली बजारमा एप्पल साइडरलाई विस्तारित गर्ने क्रममा सिंगापुर, हङकङ्ग, मलेसिया,थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको कम्पनीले जनाएको छ। 

नेपाली बजारमा एप्पल साइडरको माग बढ्दै गएको कम्पनीले जनाएको छ। नेपाली बजारमा एप्पल साइडर २५० मिलीग्राम प्रतिबोतल मूल्य एक सय रुपैयाँ कायम गरिएको छ भने १२ बोतलको कार्टुनमा उपलब्ध छ ।
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved