सरकारमा थपिए २ मन्त्री, ४३ सदस्यीय बन्यो मन्त्रिपरिषद् 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 05:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त मन्त्रीहरु प्रेमबहादुर सिंह र कुमार खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन्  । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्  । 



प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिनुभएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।  

नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट हुन् ।  

यो इतिहास कै तेस्रो ठुलो मन्त्रिपरिषद् हो  । बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रीमंडलको नेतृत्वको गरेका थिए भने २०५२ मा शेर बहादुरको देउवाको मन्त्रिपरिषदमा ४८ सदस्य थिए  ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved