काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्त 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 11:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा रामकण्ठ माकाजूलाई नियुक्त गरेका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका  प्रचण्डले उपकुलपतिमा पुन: माकाजूलाई नियुक्त गरेका हुन्।
 
चार वर्षको कार्यावधि समाप्त भएपछि गएको मंसिर २६ गतेपछि केयु उपकुलपतिविहीन थियो।  दुई साताअघि उपकुलपति सिफारिस समितिले माकाजूसहित पाँचजनाको नाम सिफारिस गरेको थियो । जस अनुसार माकाजू  सहित भद्रमान तुलाधर, मनप्रसाद वाग्ले, भोला थापा र जनार्दन लामिछाने सिफारिसमा परेका थिए ।  

माकाजुमाथि मेडिकल शिक्षामा बेथिति निम्त्याएको आरोप छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved