पूर्वराजपरिवारको चल सम्पति कति ? यसो भन्छ नेपाल ट्रष्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 01:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

 आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति ४० करोड ८८ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा संघ  संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ । 

नबिल बैंक लिमिटेडमा दुईलाख ५७ हजार ६ सय ४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७ सय २० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७ सय ५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए । 

यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४ सय ६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६ सय २६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved