संसदमा प्रश्न 'विमानस्थलबाट सुनको हात्ती छिरेको छ, हतियार भित्रिए के हुन्छ ?'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 02:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारको व्यबस्थापिका संसद बैठकमा विमानस्थलबाट ३३ किलो सुन भित्रिएको प्रसङ्गले स्थान पाएको छ ।

संसदको विशेष समयमा बोल्दै अर्थ समितिका सभापति समेत रहेका एमाले सांसद प्रकाश ज्वालाले त्यसरी अवैध रुपमा विमानस्थल बाट नै सुन तस्करी हुनु   लज्जाको विषय भएको बताए  । उनले देशको सुरक्षा व्यवस्था कमजोर भएको बताउदै प्रश्न गरे 'विमानस्थलबाट सुनको हात्ती छिरेको छ। के हेर्दैछ सरकार?' 

उनले थप प्रश्न गर्दै सोधे  ‘अवैध सुन र लागु औषध भित्रिने विमानस्थलबाट अवैध हात हतियार भित्रिँदैन भन्ने के ग्यारेन्टी ? ’ उनले बेलैमा सचेत नभए विमानस्थलबाट अवैध हतियार बितरण सक्ने र त्यसले देश तहसनहस बनाउन सक्नेमा चिन्ता व्यक्त गरे।

सभापति ज्वालाले सुन तस्करीका नाइकेलाई प्रकाउ गर्ने र अवैध तस्करी रोक्ने काममा सरकार उदासिन रहेको भन्दै सुन तस्करहरु आफू अनुकुलको प्रहरी प्रमुख बनाउन लागि परेको आरोप लगाए। उनले सुन तस्करीको घटनामा संलग्न भरिया पक्राउ गर्ने तर मालिक पक्राउ नगरेको भन्दै आपत्ति जनाए। 

उनले सुनकाण्डका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दै  तत्काल विमानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सरकारलाई आग्रह गरे। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved