प्रचण्डको नामै लिएर विप्लबले भने 'राष्ट्रघात गर्ने दलालहरुलाई कडा कारबाही गर्छौ' (बिज्ञप्तिसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 01:42:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओबादी)ले  नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयर मार्सल ) राख्ने सम्झौता प्रति आपत्ति जनाएको छ ।  

 महासचिव विप्लवले मंगलवार एक विज्ञप्ती जारी गर्दै  यस कदमबारे सरकारले जनतालाई  जानकारी गराउनु पर्ने माग गरेको छ  ।  यो कदम गम्भीर राष्ट्रघात र आत्मसमर्पण भएको निस्कर्ष निकाल्दै सम्झौताको बास्तविकता बाहिर ल्याउन भनेको छ  ।  

बिज्ञप्तिमा यस अघि हिसिला यमी पर्यटन मन्त्री हुँदा पनि यस्तो सम्झौता गर्न खोजिएको तर पार्टीले नदेको र अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा सम्झौता हुनु जनघात, राष्ट्रघात, लज्जास्पद र असह्य भएको उल्लेख गरिएको छ । बिज्ञप्तिमा भनिएको छ 'यस्तो राष्ट्रघाती सम्झौता गर्ने दलालहरुलाई कडा कारबाही गर्ने चेतावनी समेत दिन चाहन्छु' ।​  बिज्ञप्तिमा सझौता गरेका भनेका मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई समेत सत्य तथ्य बाहिर ल्यान आग्रह गरिएको छ ।

बिज्ञप्तिमा उक्त सम्झौता खारेज गर्न माग गरिएको छ  । त्यसो नगरे संघर्षमा उत्रने चेतावनी समेत पार्टीले दिएको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved