नेपाल दक्षिण एसियाको तेस्रो  भ्रष्ट मुलुक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 10:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दक्षिण एसियाको तेस्रो  भ्रष्ट मुलुक बनेको छ । भ्रष्टाचारविरुद्ध विश्वभर सक्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार  बुधबार सार्वजनिक गरेको सूचकांकले नेपाल दक्षिण एसियाको तेस्रो भ्रष्ट मुलुक भएको देखाएको हो । 

सुचंकाकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा रहेको छ। नेपाल विश्वका १७६ देश मध्ये १३१ औं स्थानमा परेको हो। नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको तुलनामा २ अंकले बढी हो। अंकमा सुधार आएको भए पनि नीतिगत भ्रष्ट्राचार बढ्दै गएको सर्बेक्षणले देखाएको छ ।

दक्षिण एसियाको सबैभन्दा भ्रष्ट मुलुकमा अफगानिस्तान रहेको छ भने दोस्रोमा बंगलादेश रहेको  छ। दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्टचार हुने मुलुक बनेको छ । ६५ अंकसहित भुटान  सूचकांकको २७ औं स्थानमा छ । भारत र चीन ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान ३२ अंक सहित ११६ औं स्थानमा छ । 

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्युजल्याण्ड छन । उनीहरुले समान ९० अंक प्राप्त गरेका छन् । सबैभन्ढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको सर्वेक्षणले देखाएको छ। सोमालिया केवल १० अंक पाएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved