नक्कली कागजात बनाई विदेश पठाउने गिरोह पक्राउ 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 10:17:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स (युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले सुनसरी हासपोसा गाविस स्थायी ठेगाना घर भई हाल ओख्तुहाङग टुर एन्ड ट्राभल्सका सञ्चालक जीवन जिमी राई र निजको कर्मचारी कृष्ण वाग्लेसँग मिली एक पीडित महिलाको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई बेचबिखन गर्ने उद्देश्यले विदेश लैजान लागेको प्रहरीले जनाएको छ ।

सो टुर एन्ड ट्राभल्समा खानतलासी गर्दा कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो तथा कागजात फेलापरेको थियो । सरकारी कार्यालयको कागजात तथा दस्तखत कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved