राष्ट्रिय युवा परिषदमा विवाद आएको स्वीकार्दै मन्त्रीले गरे परिषद नै बिघटन गर्ने संकेत 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 01:24:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागि आफूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउने उद्धघोष गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागि आफूले सहकार्य, सहमति र एकताबाटै अघि बढ्नको लागि पटक–पटक आग्रह गरिरहेको उल्लेख गर्दै भने,‘विधि र प्रणालीको सबैले पालना गर्नुपर्छ, अदालतको आदेश कार्यान्यवयन हुनुपर्छ, यसको लागि म सामूहिक छलफलमा समेत बस्छु, संभव रहेन भने म टुलुटुलु हेरेर बस्दिन्।’

साक्षात्कारमा मन्त्री श्रीपाईलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन आफूले एक्सन लिने त्यो गर्दापनि नभए जोखिम मोलेर अलिकति जटिल र कडा बन्ने समेतको चेतावनी दिए।

त्यस्तै उनले राष्ट्रिय युवा परिषदमा पनि अहिले विवाद रहेको कुरा सतहमा आईसकेको उल्लेख गर्दै यसको समाधानको लागि पनि छिट्टै हल गर्नेगरि पहलकदमी लिने विश्वास दिलाए। उनले भने,‘परिषदमा अहिले समस्या देखा परेको छ, एकलौटी भरमा ६० जिल्लामा नियुक्ती गरिएको कुरा बाहिर आएको छ, सतहमा आईसकेको छ, भागबण्डा राम्रो होईन, यसबारेमा मेरो ध्यानाकार्षण भैरहेको छ, नयाँ संविधान अनुसारपनि परिषदलाई समावेशी–समानूपातिक बनाउनुपर्छ, यसमा १ करोड ७ लाख युवाहरुको भविष्य जोडिएको छ, सबैलाई मान्य हुनेगरि समस्याको समाधान गर्ने वा अपनत्व हुने खालको परिषद बनाउँछु।’

उनले युवा परिषद्मा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे। परिषदको विवाद समाधानको लागि अब के गर्ने विघटन् गर्ने वा बाँकीमा भागबण्डा मिलाउने? वा के गर्ने भन्नेबारेमा भने उनले स्पष्ट जवाफ दिएनन्। यद्धपी उनले यो विवाद समाधानको लागि आफूलाई नै सम्पूर्ण अधिकार दिईएकोले आवश्यक परेको खण्डमा यसको लागि गम्भिर कदम उठाउनपनि आफू पछि नपर्ने संकेत गरे।

मन्त्री श्रीपाईलीले ७ औं राष्ट्रिय खेलकुद सम्पन्न हुनु ठूलो सफलता भएको बताउँदै भने,‘म मन्त्री भएर आएपछि महत्वपूर्ण कामहरु भएका छन्, यो मैले भनिरहनुपर्ने विषय होईन, तर राष्ट्रिय खेलकुदमा रहेको जाम हामीले खोल्यौं।’ यद्धपी उनले यसको व्यवस्थापनमा भने केही कमिकमजोरीहरु भएको स्विकार गर्दै खेलकुद प्रतियोगिता सम्पन्न हुनु नै ठूलो सफलता भएको दाबी गरे।

उनले मन्त्रालयले १५ वर्षे खेलकुद रणनीति योजना बनाउन लागेको बताए। उनले भने, “खेलकुदको विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद अस्पताल, खेलाडी विमा, खेलाडी कल्याणकारी कोषको स्थापना गर्ने, खेलाडी परिचयपत्र दिन लागेका छौँ।”

मन्त्री श्रीपाइलीले एक करोडभन्दा धेरै जनसङ्ख्या रहेको युवालाई विकास निर्माणमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा मन्त्रालयले योजना बनाएको समेत जानकारी दिए।

उनले सन् २०१९ मा हुन लागेको १३ औँ साफ प्रतियोगिताका लागि पूर्वाधार निर्माणलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको जनाए। मन्त्री श्रीपाईलीले नेपालको खेलकुद क्षेत्र पछिल्लो समय सकारात्मक रुपमा अगाडि बढेको दाबी गरे।

फरक प्रसँगमा उनले सातौं खेलकुद प्रतियोगितामा आफूलाई भ्रष्टाचार गरेको भनेर गलत आरोप लगाउनेहरुको पछि आफू नदौडिने बताउँदै भने,‘मलाई गलत र झूठो आरोप लगाईइो, त्यो कुरा अहिले आएर प्रमाणित भैसकेको छ, म खेलकुद क्षेत्रमा आमूल परिवर्तन र विकास गर्नको लागि आएको हुँ, मेरो कुनै स्वार्थ छैन्, म त अब आउने मन्त्रीहरुलाई समेत मेरो नाममा गर्व गर्न लायक बनाउँछु।’

राखेपका सदस्य सचिव र तपाईवीच कत्तिको समझादारी छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘अर्कै पार्टीको भएपनि काम राम्रो गर्न त्यस्तो केही फरक पर्दैन, असल काम गर्दा दुवैकोवीचमा कुरा मिल्नुपर्छ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved