'सरकारको चुनाब घोषणा, मैदान रहित खेलको आयोजना जस्तै'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 06:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय चुनावको तयारी थाल्न सरकारले शुक्रबार पठाएको पत्रको जवाफमा दुई चरणमा चुनाव गराउने ब्यहोरासहित गृह मन्त्रालयलाई निर्वाचन आयोगले पत्राचार गरेको छ। 

गृह मन्त्रालयबाट चुनावको तयारी गर्नुपर्ने आशयसहितको पत्र प्राप्त गरेको चौथो दिन आयोगले सरकारलाई सोमबार पठाएको जवाफमा मुख्यतय तीन वटा बिषयमा जोड गरेको छ। आयोगले निर्वाचनका लागि नीति, मिति र सहमति अत्वाश्यक रहेको बताएको छ। 

चुनाबको मिति घट्किदै गएको अवस्था प्रति चिन्ता ब्यक्त गर्दै आयोगले सरकारलाई पठाएको पत्रमा स्थानीय चुनावका निम्ति सम्भावित मिति पनि प्रस्ताव गरेको छ। आयोगले पहिलो चरणको मतदान जेठ १ गते र दोस्रो चरणको चुनाव जेठ २१ गते गराउने जनाएको छ। 'जेष्ट १ गते निर्वाचन गर्ने गरि नीति र मितिको घोषणा नभए व्यवस्थापन गर्न आयोगलाई साह्रै जटिल पर्ने उनले बताए। 

निर्वाचन आयोगका सूचना अधिकारी तथा उपसचिब सुर्य प्रसाद अर्यालले निर्वाचन मिति घोषणा गर्नु अगाडी नीति आवश्यक रहेको बताएका छन। गाउँपालिकाको सीमा के हो, नगरपालिकाको सीमा के हो, कहाँ चुनाव गर्ने भन्ने बिषय सरकारले स्पष्ट पार्नु पर्ने उनले बताए। 

निर्वाचनको मिति घोषणा गर्न अगाडी सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन छिट्टै उपलब्ध गराइनुपर्ने आयोगले बताउदै आएको छ। समयमै चुनाब गराउनका लागि स्थानीय तह पुनर्संरचना कार्यन्वयनपछि निर्वाचन मिति घोषणा भएको १२० दिन लाग्ने आयोगले सरकारलाई जानकारी गराउदै आएको छ। सरकारले चुनाबको मिति घोषणा गर्ने तर स्थानीय तह पुनर्संरचनाको प्रतिबेदन नबुझाउनु भनेको मैदान बिना नै खेलको तयारी गरिनु जस्तै भएको आयोगका अधिकारीले बताए। 'खेल खेल्न खोज्ने तर मैदान कहाँ हो त्यो थाहा नै छैन अनि हामिले कसरि खेल खेलाउने हो ?' उनले भने। 

अहिले गाउ पालिका, नगरपालिकाको सदरमुकाम कहाँ बनाउने भन्ने बारे देशका विभिन्न ठाउमा आन्दोलन भईरहेको छ। राजनीतिक दलहरुबीचको सहमति बिना निर्वाचन क्षेत्र निर्धारण गरे बिना चुनाब गराउने सम्भावना नरहेको आयोगका आधिकारीहरुले बताउदै आएका छन् ।

त्यस्तै समयमै चुनाब गराउनका लागि नीति, मिति र चाहिने रकम निकासा गर्नु पर्ने आयोगका सचिव गोपीनाथ मैनालीले बताएका छन।'८-१० दिनभित्रमा यदि मिति भयो भने हामीले जेठको १ गते निर्वाचन गर्न सक्छौँ, सरकारको जवाफ आउनासाथ चुनावको तयारीले तीव्रता पाउँछ' उनले बताए।  

त्यस्तै सरकारले चुनाबको तयारी गर्न आयोगलाई निर्देशन दिएको छ। सरकारको यस्तो निर्देशन जनताको आँखामा छारो हाल्ने काम भएको बिज्ञहरुले बताएका छन्। निर्वाचन क्षेत्र निर्धारण नै भएको छैन, आयोगले कहाँ गएर चुनाब गराउने हो ? आयोगको काम नै चुनाब गराउने हो। यसर्थ चुनाबको तयारी थाल्नु भन्नु असान्दर्भिक रहेको उनले बताए । 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved