प्रहरी महानिरीक्षकमा जय बहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय, सशस्त्रमा सिंह बहादुर श्रेष्ठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 08:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी महानिरीक्षकमा जय बहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरिएको छ। आइतबार बिहान ९ बजे आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको हो। 

सत्ता साझेदार कांग्रेसका सभापति शेर बहादुर देउवाको चर्को दबाबपछि सरकारले  वरियताक्रममा तेस्रो स्थानमा रहेका चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको हो। 

सर्वोच्च अदालतमा तेस्रो वरीयताका डीआईजी चन्दलाई महानिरीक्षक नबनाउन रिट दायर  भएपछी सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले यसबारे अन्तरिम आदेशको डरले बिहानै मन्त्रिपरिषद बैठक डाकेर चन्दलाई महानिरीक्षक नियुक्ति गरेको बताइएको छ।

सशस्त्र प्रहरी प्रमुखमा सिंह बहादुर श्रेष्ट

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सोहि बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंह बहादुर श्रेष्टलाई नियुक्ति गर्नें निर्णय गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved