चन्दको नियुक्ति कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 11:47:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्त गरिएका जयबहादुर चन्दको नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले तेस्रो वरियताका जयबहादुर चन्दलाई महानिरिक्षकमा नियुक्ति गरेको थियो ।

अधिवक्ता कपिल ढकालले शुक्रबार नै चन्दको नियुक्त गर्न रिट दायर गरेका थिए ।  रिट माथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदातलले यस सम्बन्धमा अर्को सुनुवाईको लागि उपस्थित हुन विपक्षीहरुलाई आदेश समेत दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved