आजैबाट अनिवार्य अवकास पाउन लागेका उपेन्द्र अर्यालले तय गरे कार्यवाहक महानिरीक्षक 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 01:42:56 AM मा प्रकाशित

laxmi  sunrise bank

३० वर्षे सेवा अवधिका कारण आइतबार अनिवार्य अवकास पाउन लागेका नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले एआईजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यबाहक प्रहरी प्रमुख बनाउने भएका छन् । 

आइतबार विहानै मन्त्रिपरिषद्को बैठकले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । तर  सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । 

त्यस्तै पहिलो बरियताका नवराज सिलवालले बरियताक्रम अनुसार आफुलाई नियुक्त गर्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका छन्  । यस बिषयमा सर्बोच्चले फैसला गर्ने हुनाले अर्यालले सिलवाल वा चन्द दुवैलाई  छाडेर प्राविधिक तर्फका एआईजीलाई कार्यबाहक प्रहरी प्रमुख बनाउन लागेको श्रोतले बताएको छ ।

 पोखरेलले  हाल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved