यो पटक हार मन्जुर छैन भन्दै गगन थापाले दिए कार्यकर्तालाई यस्तो निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 01:57:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका केन्द्रिय सभापति शेर वहादुर देउवाले चाडै देशमा स्थानिय निकायको निर्वाचन नभए संवैधानिक संकट आउने बताएका छन् । नेपाली काँग्रेस गोरखाको क्षेत्र नम्बर २ ले आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्न हेलिकप्टर मार्फत गोरखाको पालुंटार आएका पूर्वप्रधानममन्त्री समेत रहेका देउवाले संविधाननको कार्यान्वयन गर्न निर्वाचान गरि छाड्ने बताएका छन् ।
स्थानिय निकायको निर्वाचन अहिलेको आवस्यकता हो, देउवाले भने प्रदेश र संसदको निर्वाचन जरुरी छ ।

अर्को फरक प्रसंगमा सभापति देउवाले छुटेका वास्तविक भुकम्प पिडितका समस्या चाडै हल गर्न पार्टीले पहल गर्ने बताएका छन् । साथै उनले बुढिगण्डकी विस्तापितलाई उचित मुआब्जा दिनुपर्ने समेत बताएका छन् ।


गोरखा क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङको सभापतित्वमा भएको आमसभालाई सम्बोधन गर्न गोरखाको पालुंटार पुगेका युवा नेता तथा स्वास्थ्य मन्त्री गगन कुमार थापाले काँग्रेसलाई स्थानिय निकायको निर्वाचनमा समेत पहिलो पार्टी बनाउने गरी तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । 


‘यो पटक हार मन्जुर छैन, नेता थापाले भने निर्वाचनमा पहिलो हुनु पर्छ, अलमलमा नपरी चुनावको तयारीमा जुट्नुस ।’ अर्को फरक प्रसंगमा थापाले सिके राउत जस्ता हजारौ विखण्डनकारीलाई तन्नेरीहरुले नै तह लगाउने समेत उनले उद्घोस गरे ।

 
कार्यक्रममा वनमन्त्री शंकर भण्डारी, सभाषद तथा केन्द्रिय सदस्य कमला पन्त, केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, मुस्लिम संघका केन्द्रिय सभापति अब्दुल सत्तार, जिल्ला सभापती हरी बहादुर घले लगायत नेताहरुको सहभागीता रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved