स्थानीय तहको चुनाव माग गर्दै सर्बोच्चमा अर्को रिट दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 02:22:05 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको चुनाव माग गर्दै सोमबार सर्बोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता चिरञ्जीवी नेपाल लगायतले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गरिनु पर्ने र सोहि अनुसार चुनाव हुनु पर्ने माग गर्दै रिट दायर गरेका हुन्। 

सरकारले बैसाख वा जेठमा निर्बाचन हुने भन्दै निर्बाचन आयोगलाई चुनावको तयारी गर्न आग्रह गरेको भएपनी त्यसमा तहको गर्ने कि निकायको गर्ने स्पष्ट नभएकोले सो समेत स्पष्ट गर्न माग गरिएको छ ।  रिटमा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने र त्यस अनुसार नै चुनाव गर्नु पर्ने माग गरिएको छ ।

सर्बोच्चमा यस अघि नै स्थानीय तह कि निकायको चुनाव गर्नेबारे अर्को रिट पनि परेको थियो। त्यसको फैसला फागुन ११ गते  हुने छ ।

आजको रिटको पेशी भने भोलि मंगलबारलाई तोकिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved