मन्त्रिपरिषदको बैठक बस्दै, यस्ता छन् एजेण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 10:38:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार मन्त्रिपरिषद बैठक आज मंगलबार बस्दैछ । यस अघिका बैठक आकष्मिक रुपमा मात्र बसेकोले आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका नियमित एजेण्डामा छलफल हुने बताईएको छ  । 

आज साँझ ५ बजेपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा एआईजी बढुवा, भूकम्पपछिको पुनःनिर्माण, स्थानिय तह निर्धारण आयोगको प्रतिबेदन,  राजदुत नियुक्ति, स्थानीय निर्वाचन लगायतका बिषयमा छलफल हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

त्यस्तै स्वास्थ्य मन्त्रालयले नागरिकले स्वास्थ्य उपचारमा पाउने निशुल्क रोगको थप सूची बढाउने गरी प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।  

यस अघि लगातार ३ पटक मन्त्रिपरिषदको आकष्मिक बैठक मात्र बसेको थियो । केहि मन्त्री बैठक स्थल पुग्दा बैठक नै सकिईसकेको हुन्थ्यो । 

माघ २७ गते बसेको आकस्मिक बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक बर्ष थप गर्ने निर्णय गरेको थियो । यस्तै माघ १ गते बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै २ गते बसेको अर्को आकस्मिक बैठकले नेपाल प्रहरीको निमित्त महानिरिक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) डा. दिनेशचन्द्र पोखरेललाई कामु महानिरीक्षक दिने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved