मैले १५/२० दिनअघि नै निर्वाचनको बटन दवाउन चाहेको थिएँ तर......

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 05:18:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मूख्य ध्यान ठूला जलासययुक्त आयोजनाहरुको निर्माणतिर भएको बताएका छन् । पाँचथर जिल्लाको नागिनमा पाँचथर पावर कम्पनि लिमिटेडद्धारा निर्मित १४.९ मेघावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।


कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘देशैभरी साना जलविद्युत आयोजना निर्माणको व्यापक सम्भावना छ । सरकारको ध्यान मूख्य रुपमा ठूला जलासययुक्त आयोजना निर्माणमा छ । कम्पनि मोडलबाट तमोर जलासययुक्त आयोजना अघि बढ्दैछ । बुढीगण्डकी, तल्लो कर्णाली, पश्चिम सेतीजस्ता आयोजना सम्पन्न गरेर देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ, सरकार यही विश्वासमा छ ।’


राजनीतिक विषयमा बोल्दै प्रधानमन्त्रीले देशमा निर्वाचनको वातावरण बन्दै गएको बताउनु भयो । प्रधानमन्त्रीले भने, ‘हिजो बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र मेरो बीचमा लामो कुराकानी भयो । निकै उत्साहित कुराकानी भयो, म आज निकै उत्साहित छु । आज बिहान फेरि हामी तिनै जना र विद्यार्थीहरुका पदाधिकारीहरुको बैठक बस्यो । अब देशलाई निर्वाचनको दिशामा लैजानुपर्छ भन्नेमा राम्रो समझदारी बनेको छ ।’
त्यसै गरी उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनताहरु विकासको भोका भएको बताए  । मन्त्री शर्माले भने, ‘नेपाली जनता विकासका भोका छन् । जनता विकासका लागि लामो समय पर्खन सक्दैनन् । छिटो तरिकाले विकासलाई सम्पन्न गर्नु हाम्रो आवश्यकता हो । तर, हाम्रा काम गर्ने तौरतरिका पुरानै छन्, यसले जनताको विकासको भोकलाई मेट्न सकेको छैन । सम्माननीय प्रधानमन्त्रीज्यूको अगुवाईमा उज्यालो नेपाल अभियान चलिरहेको छ । उज्यालो नेपाल अभियान बत्ती बाल्ने अभियानमा मात्र नभएर देशलाई स्वाधीन र समृद्ध बनाउने रणनीतिक अभियान पनि हो ।’


कार्यक्रममा पूर्वसभामूख सुवासचन्द्र नेम्वाङले आयोजनाको उद्घाटनले पाँचथर जिल्ला उज्यालो जिल्ला बन्ने पूर्वाधार तयार भएको बताए  । नेता नेम्वाङले जलविद्युत आयोजना बटन थिचेर उद्घाटन गरेजस्तै निर्वाचनको बटन थिचेर संविधान कार्यान्वयन गर्नु राष्ट्रिय आवश्यकता भएको बताए  ।
 
उद्घाटन कार्यक्रममा १४.९ मेघावाटको जलविद्युत आयोजना २०६७ सालबाट प्रारम्भ गरिएको, २ अरब ६० करोड लगानीमा आयोजना सम्पन्न गरिएको र नेपालमा निर्माणाधीन आयोजनामध्ये कम लागतमा आयोजना सम्पन्न गरिएको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका मन्तव्यका मूख्य बुंदाहरु :
— हेवा खोला जलविद्युत आयोजनाको उद्घाटन गर्दा हर्ष र गौरवको महशुस भएको छ । नेपालको विकासका लागि प्रकृतिले हामीलाई दिएको सबैभन्दा ठूलो शक्ति जलविद्युत नै हो । जलविद्युतको क्षेत्रमा व्यापक विकास गरेर नै रोजगारी सृष्टि गर्न सकिन्छ । उर्जा क्षेत्र नेपालको विकासको बहुआयमिक क्षेत्र हो ।
— हामी आवुधावीको उर्जा सम्मेलनमा गयौं । ग्रिन इनर्जी र क्लिन इनर्जीमा अहिले विश्वको आँखा गएको छ । हामीकहाँ ब्यूरोक्रेटिक हडल र गलत सोचले पनि विद्युत उत्पादनमा प्रोत्साहन भइरहेको छैन । विद्युतीकरणले कृषि, पर्यटन लगायतका विकास र समृद्धिको काममा गुणात्मक विकास गर्न सकिन्छ ।
— देशैभरी साना जलविद्युत आयोजना निर्माणको व्यापक सम्भावना छ । सरकारको ध्यान मूख्य रुपमा ठूला जलासययुक्त आयोजना निर्माणमा छ । कम्पनि मोडलबाट तमोर जलासययुक्त आयोजना अघि बढ्दैछ । बुढीगण्डकी, तल्लो कर्णाली, पश्चिम सेतीजस्ता आयोजना सम्पन्न गरेर देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ, सरकार यही विश्वासमा छ ।
— हिजो बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र मेरो बीचमा लामो कुराकानी भयो । निकै उत्साहित कुराकानी भयो, म आज निकै उत्साहित छु । आज बिहान फेरि हामी तिनै जना र विद्यार्थीहरुका पदाधिकारीहरुको बैठक बस्यो । अब देशलाई निर्वाचनको दिशामा लैजानुपर्छ भन्नेमा राम्रो समझदारी बनेको छ ।
— मैले १५/२० दिनअघि नै निर्वाचनको बटन दवाउन चाहेको थिएँ । तर, बटन दवाएर टर्वाइन घुमेन भने समस्या हुन्छ । हामीले निर्वाचनमा जानुको बिकल्प छैन । आउने माघभित्रै जसरी पनि सबै निर्वाचन गर्नुपर्छ । आज मैले निर्वाचन आयोगका प्रमूख आयुक्तलाई बोलाएर बैशाखको अन्तिममा निर्वाचनको तयारी गर्न भनेको छु ।
— हिमाल, पहाड र तराईलाई मिलाएर निर्वाचनमा जाने हो । संविधान संशोधनको एक मात्र उद्देश्य निर्वाचन सम्पन्न गर्नु हो । समयमै निर्वाचन हुन्छ, अब कसैले निर्वाचन रोक्नै सक्दैन । निर्वाचनमार्फत् राजनीतिक स्थिरता हासिल गरिएन भने आर्थिक समृद्धिको आकांक्षा जोखिममा पर्न सक्छ । राजनीतिक गतिरोध लम्बियो भने दक्षिणपन्थी हावा चल्न सक्छ, राष्ट्रिय एकता र स्वाधीनता अप्ठ्यारोमा पर्न सक्छ । गणतन्त्र उल्टाउने प्रवृत्तिले पनि टाउको उठाउन खोजेका छौं । त्यसलाई चिर्न र अग्रगमनलाई संस्थागत गर्न निर्वाचनको कुनै बिकल्पै छैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved