समता माइक्रोफाइनान्सको साधारण शेयर नपरेको पैसा सोमबार देखि फिर्ता 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 10:39:18 PM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर नपरेको पैसा फागुन ९ देखि फिर्ता हुने भएको छ। कम्पनीले पुस १९ देखि २२ निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँड गरेको थियो ।

शेयर भरेका ९६ हजार २ सय ३७ जना मध्ये मध्ये ८ हजार ८ सय १७ जनाले मात्र समताको सेयर पाएका छन। अईपिओमा कुल आबेदकबाट समताको आइपीओमा २१४ गुणा बढी अर्थात् १ अर्ब ८७ करोडको आबेदन परेको थियो।  

बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले साधारण सेयर नपरेको पैसा फागुन ९ गते सोमबार देखि फिर्ता हुने जनाएको छ । कम्पनीको साधारण सेयरका लागि आबेदन भर्ने क्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, देब विकास बैंक, एस डेभलपमेन्ट बैंक र गुडविल फाइनान्स  खाता नम्बर उपलब्ध गराएका आवेदकहरुको पैसा भने सिधै खातामा जम्मा हुने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। 

यी ४ बैंक बाहेकका खाता नम्बर उपलब्ध गराएकाले साधारण शेयर नपरेको पैसा फिर्ता लिनका लागि आबेदन भरेको संकलन केन्द्रमा प्रमाण (पैसा बुझाएको रसिद) र आफ्नो परिचय पत्र सहित आवेदन दिएको स्थानमा जानुपर्ने कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जानकारी दिएको छ।  त्यस्तै स्वयं उपस्थित हुन् नसके आवेदकको मंजुरिनामा र आबेदन भरेको प्रमाण (पैसा बुझाएको रसिद) स्वयंले प्रमाणित गरी पठाउने पर्ने छ ।  

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडमा बुधबार बिहान गोलाप्रथा प्रणालीबाट गरिएको सेयर बाँडफाँडमा भाग्यमानी लगानीकर्ताले १० कित्ता पाएका छन। समताको आइपीओ भरेका १ हजार २ सय ४८ जनाको आबेदन रद्द भएका छन। 

समताको आइपीओ भर्ने कुल ९६ हजार २ सय ३७ जना मध्ये ८ हजार ८ सय १७ जना सर्वसाधारणल समताको १० कित्ता सेयर पाएका छन् भने ३२ जना कर्मचारीले १८ सय ९० कित्ता पाएका छन । त्यस्तै चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीले पाएका छन्। 

निष्काशन गरिएको कुल ९४ हजार ८ सय कित्ता मध्य १ हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने ४ हजार ७  सय ४० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।   

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्सले कुल चुक्ता पुंजीको ३० प्रतिशत हुन आउने सेयर सर्वसाधारणमा निष्काशन गरेको हो। आइपीओ वितरणपछी समताको चुक्ता पुंजी ३ करोड १६ लाख पुग्ने छ भने सेयर स्वामित्व  अनुपात संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत हुने छ। 

हेर्नुस नतिजा 

तलको बक्समा क्लिक गरेर Ctrl+F थिचेर आफ्नो नाम राखेर खोज्नु होला :

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved