चुनाव घोषणाको माहौलले नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ६६ करोड नाध्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 02:05:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । आइतबार नेप्से २५.५० अंकले बढेर १३६९.३५  को उचाईमा पुगेको छ । आज कारोबारमा  आएका  १४४ कम्पनीका २० लाख ७७  हजार ५ सय ५६ कित्ता सेयर खरिद बिक्रिबाट ६६  करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा आएका सूचक मध्ये उत्पादन र होटेल समुह बाहेकका सूचक बढेका छन् ।  कारोबारमा आएका कम्पनीहरु मध्ये बैंक अफ काठमाडौँ लिमिटेडको सबै भन्दा धेरै ३  करोड १५ लाख बराबरको कारोबार भएको छ । 

अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स , प्रभु बैंक, शिखर इन्स्योरेन्स , सानिमा बैंक रहेका छन् । 

आजको कारोबारमा धेरै कमाउनेमा राष्ट्रिय बिमा कम्पनी, एनबी इन्स्योरेन्स , वोमी माइक्रोफाइनान्स, नेपाल इन्सुरंस, नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन्  ।  

त्यस्तै बढी गुमाउनेमा दिब्यश्वरी हाइड्रो, गुडविल फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स प्रमोटर शेयर लगानीकर्ता रहेका छन्  ।  

आइतबार बिहान सत्तासाझेदार दलबीच भएको राजनीतिक सहमतिपछि लगानीकर्ता हौसिदा बजार बढेको हो । बिहान सत्तासाझेदार दल कांग्रेस र माओबादी केन्द्रले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकार गर्ने, निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने, मोर्चाको मागमा सम्बन्धमा कार्यदल बनाएर सहमति खोज्ने लगायतका निर्णय गरेको थियो ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved