तरलता अभावबारे नयाँ शक्तिको ध्यानाकर्षण, तुरुन्त समाधान खोज्न आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 12:04:20 AM मा प्रकाशित

laxmi  sunrise bank

विगत केही समयदेखि बैंकिङ क्षेत्रमा व्याप्त लगानीयोग्य रकम (तरलता) को अभाव प्रति नयाँ शक्ति नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले एक बिज्ञप्ति जारि गर्दै  तुरुन्तै समाधान खोज्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । पार्टीका उद्योग, वित्त, वाणिज्य विभागका संयोजक जनक शाहद्वारा जारि बिज्ञप्तिमा समग्र वित्तिय क्षेत्रको आमुल संरचनात्मक परिवर्तनप्रति गम्भिर बन्न पनि सबैलाई आग्रह गरिएको छ ।  


 पढ्नुस पुरा बिज्ञप्ति : 

 

विगत केही समयदेखि बैंकिङ क्षेत्रमा व्याप्त लगानीयोग्य रकम (तरलता) को अभाव र यसबाट समग्र बैंकिङ प्रणाली तथा अर्थतन्त्रमा पर्न गएको नकारात्मक प्रभावप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।


समग्र बैंकिङ प्रणालीमा रहेको निक्षेप तथा पुँजीको स्रोतको दोहनमा सिमित व्यक्तिहरुको पहुँच हुनु, देशको आम जनता मध्ये केवल ४० प्रतिशत मात्रको वित्त तथा बैंकिङ क्षेत्रसँग पहुँच हुनु राम्रो मान्न सकिँदैन ।


चालु आर्थिक वर्षको ५ महिनामा घरजग्गा, हायर पर्चेज, सेयर धितो लगायतका अनुत्पादक क्षेत्रमा करिब रु.९६ अर्ब बराबर कर्जा प्रवाह हुनु, सरकारको पुँजीगत खर्च केवल १५ प्रतिशत मात्र हुनुले सरकारको ढुकुटीमा रकम थुप्रिनु, रेमिट्यान्समा गिरावट हुनु, भारतीय नोटबन्दीप्रति सरकार तथा सम्बन्धित निकायको अर्कमण्यता तथा सजगतामा कमी हुनु, नियमनकारी निकायको गैरजिम्मेवारीता आदि जस्ता विविध कारणले देशभित्र बैंकिङ प्रणालीमा तरलता अभाव हुन गएको छ भन्ने हाम्रो ठम्याई छ ।


बैंकिङ प्रणालीमा आएको यस्तो समस्याको समाधानप्रति सरकार र सम्बन्धित निकाय संवेदनशील भई तुरुन्तै समाधान खोज्न हामी सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ । साथै, समग्र वित्तिय क्षेत्रको आमुल संरचनात्मक परिवर्तनप्रति गम्भिर बन्न पनि सबैलाई आग्रह गर्दछौँ ।


...........................
जनक शाह
संयोजक
उद्योग, वित्त, वाणिज्य विभाग

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved