एक्सेल डेभलपमेन्टको साधारण सभा र बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 01:02:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्टको साधारण सभा चैत्र १९ गते हुने भएको छ ।  बैंकको गत बुधबार बसेको संचालक समिति बैठकले चैत्र १९ गते साधारण सभा गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । 

साधारण सभा प्रयोजनको लागि चैत्र ७ देखि चैत्र १९ सम्म शेयरधनि दर्ता पुस्तिका बन्द हुने बैंकले जनाएको छ  ।  साधारण सभाले बैंकले यस अघि प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।३१५७९ प्रतिशत नगद लाभांश पारित गर्ने छ।  

२५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी ३८ करोड ४५ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ३० करोड ७६ लाख रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्ष १० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved