चुनावका लागि उम्मेदवारको खर्च सिमा तोकियो, खर्चको स्रोत खुलाउनु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 10:02:45 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानिय निकायको निर्वाचानका लागि उमेदवारको खर्च सीमा तोकिदिएको छ । आयोगले एक उमेदावरले ७ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने गरी उमेदवारको खर्च सीमा तोकेको हो । 

निर्वाचन आयोगको आइतबारको निर्णयले यो सीमा तोकेको उल्लेख छ । आयोगमा दर्ता भएका ११३ वटा राजनीतिक पाटिलाई लागू हुने गरै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अन्तर्गत यो सीमा तोकेको उल्लेख छ । 

आयोगले हरेक उमेवारले गर्ने यो खर्चको पनि स्रोत खुलाउनेपर्ने सर्त तोकेको छ । आयोगले उपत्यकामा दुईवटा गाडि र दुई वटा मोटरसाईकलमात्रै निर्वाचन प्रचार अभियानमा लैजान पाउने गरी सर्त तोकेको छ । दि हिमालयन टाइम्स दैनिकबाट ।
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved