मास्टर माइन्ड पटके ठग पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 10:13:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बिगत केहि समय देखि काठमाण्डौ उपत्यका तथा उपत्यका बाहिर चल्ने ट्याक्सी चालकहरु तथा होटल संचालकहरुलाई ठग्दै आएका निर्मल जंग शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। 

सुर्खेत लाटीकोईली गाबिस वडा न ७ का ४२ बर्षीय शाही 'आफु विदेश (अस्ट्रेलिया, क्यानडा) बाट आएको मेरो आजै फ्लाइट छ, मेरा आफन्तहरुले सामान पठाई दिएका छन, भन्सार तिर्न मसंग नेपाली रुपैयाँ छैन, बाहिरबाट पठाएको सामानमा डलर समेत छ त्यो तपाईलाई दिउँला' जस्ता अनेक बहानामा ट्याक्सी चालक तथा होटल संचालकबाट केहि समयका लागि भनेर नेपाली रुपैयाँ सापटी लिई ठगि गर्ने कार्य गर्दै आएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

शाहीले यस प्रकारका ठगि कार्यलाई अन्जाम दिदै आएकाले उनलाई फागुन १६ मा कलंकीबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ।   

अनुसन्धानका क्रममा शाही यस भन्दा आगाडी २०६३ सालमा समेत ठगी मुद्दामा २ बर्ष ६ महिना जेल सजाय भुक्तान गरी बाहिर आएको खुल्न आएको छ। त्यस्तै २०६६ बैशाख र असार ४ मा राजधानीका विभिन्न सुनचांदी पसलबाट महिलालाई झुक्याई सुन गरगहना ठगि गर्ने कार्य गरेकोमा कैद  र जरिबाना बापत ७ बर्ष जेल सजाय भुक्तान गरी यहि बर्ष असार २८ मा जेलबाट छुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ। 

पटक पटक अनेक बहाना बनाउदै ठगि कार्य गर्दै आएका 'मास्टर माइन्ड पटके ठग' शाहीबाट  स्यामसुङ ग्यालेक्सी नोट १ थान स्याम्सोनाइट लेखिएको कफी रंगको झोला एक थान बरामद गरेको प्रहरीलेले जनाएको छ।

अनुप पौडेल, बिष्णु  गिरी , शेर बहादुर श्रेष्ठ र बिजुले मगर लगायतका २६ जना व्यक्तिबाट शाहीले अहिलेसम्म ६ लाख ९१ हजार ५ सय रकम ठगि गरेको खुल्न आएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।   

        

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved