रबिन्द्र मिश्रको पार्टीको नाम, चुनाव चिन्ह र नारा तय, आयोगमा दिए निवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 02:25:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ पार्टी खोल्नको लागि मंगलबार बीबीसी नेपाली सेवाको प्रमुखबाट राजिनामा दिएका रबिन्द्र मिश्रले पार्टी दर्ताको लागि निवेदन दिएका छन् । मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह सुरक्षित राख्न भन्दै निर्बाचन आयोगमा निवेदन दिएका हुन्  । 

स्थानीय चुनाव घोषणा भइसकेकाले नयाँ दल दर्ता प्रक्रिया रोकिएकाले मिश्रले नाम र चुनाव चिन्ह सुरक्षित राख्न भन्दै निर्बाचन आयोगमा निवेदन दिएका हुन्  । जस अनुसार उनको पार्टीको नाम साझा पार्टी हुने भएको छ भने तराजु चुनाव चिन्ह रहने छ । 

 मिश्रको पार्टीको बुधबारै फेसबुक पेज र ट्वीटर ह्यान्डल पनि बनाइएको छ।  पार्टीको नारा पद्दति पारदर्शिता इमान्दारी उत्कृष्टता रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved