निर्बाचनमा सरकारले नै दलहरुलाई खर्च दिनुपर्छ : डा भट्टराई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 11:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचनलाई सभ्य बनाउन दलहरुलाई सरकारले नै खर्च दिनुपर्ने बताएका छन् । सोलुखुम्बुको वाकुस्थित सगरमाथा माध्यामिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै संयोजक डा भट्टराईले अहिले निर्वाचनका लागि खर्च जुटाउन जङ्गल र डाँडा दोहन बढेको भन्दै निर्वाचनलाई सभ्य बनाउन दलहरुलाई सरकारले नै खर्च दिनुपर्ने बताएका हुन् ।

उनले निर्वाचनका लागि संयुक्त सरकार आवश्यक रहेकोमा जोड दिएका छन्।  भागबण्डामा बनेको सरकारले निर्वाचन गराउँदा भ्रष्टाचार बढ्ने र सुशासन खल्बलिने भएकाले तीनवटै निर्वाचन सम्पन्न गरुञ्जेलका लागि संयुक्त सरकार आवश्यक रहेकोमा डा भट्टराईको जोड थियो ।

भट्टराईले अहिलेकै अवस्थामा निर्वाचन हुनै नसक्ने भन्दै आदिवासी जनजाति तथा मधेसीलगायतले उठाएको विषय तत्काल समाधान गरेर मात्र निर्बाचन जानु पर्ने बताए  । त्यसको लागि संविधान संशोधन अपरिहार्य रहेको उनको दाबी थियो  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved