नेपालको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार : भारतीय बित्तमन्त्री जेट्ली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 11:08:54 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय बित्तमन्त्री अरुणकुमार जेट्लीले भेट गरेका छन् । जेट्लीले बिहिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।


भेटमा प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। प्रधानमन्त्रीले हुलाकी राजमार्ग, ट्रान्समिसन लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न बित्तमन्त्रीलाई आग्रह गरे  ।


प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराए  । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको बताए  ।


भेटमा बित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे। जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताए  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved