राज्यको ढुकुटीको चरम दुरुपयोग भएको खुलासा,२ सांसद सहित निजि कम्पनीलाई बाँडियो लाखौ रुपैयाँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 02:48:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले माघ महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई गरी ६० लाख बराबरको आर्थिक सहायता वितरण गरेको छ  । मन्त्रिपरिषद्को बैथाक्बता निर्णय गरी रकम बाडिएको यस सूचीमा २ सांसद पनि छन् । सरकारले कांग्रेसका सांसद मनमोहन भट्टराई र तराई मधेश सद्भावना पार्टीका सांसद महेन्द्रराय यादवलाई समान १५-१५ लाख उपलब्ध गराएको छ । 

त्यस्तै सरकारले रमेश शाहलाई ८ लाख ५० हजार, रौतहटका सियाराम शाह गुप्तलाई ८४ हजार १ सय ३० उपलब्ध गराएको छ । त्यस्तै मोरंगकी अल्पना अधिकारीलाई ५ लाख र अङ्गभंग भएकी जुनु ढकाललाई २ लाख १ हजार सरकारले उपलब्ध गराएको छ  ।  

त्यस्तै अहेब दिनेश कुमार चौधरीलाई ५ लाख र सामान्य प्रशाशन मन्त्रालयका शाखा अधिकृत  चूलानाथ रेग्मीले ५ लाख पाएका छन् ।   

सरकारले एक प्राइभेट कम्पनीलाई पनि आर्थिक सहायता उपलब्ध गराएको छ ।  सरकारले काठमाडौँमा रहेको मिनभवन औषधि पसल प्रालिलाई ४ लाख ८२ हजार ६ सय ७५ रुपियाँ उपलब्ध गराएको हो ।  यो कम्पनी २ बर्ष अघि मात्र कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved