अनाथ वालबालिकालाई रोट्रयाक्टको आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 12:08:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 रोट¥याक्ट क्लब अफ गोरखाले आफ्नो स्थापनाको पाँचौ बर्ष पार परेको अवसरमा गोरखाको खोप्लांग स्थित अन्नपूर्ण माबिका तिन जना अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरेको छ । सोमबार बिधालय मै पुगेर क्लबमा अवद्ध युवाहरुले आर्थिक एवम शैक्षिक सामाग्री सहयोग बितरण गरेको हो ।


बिधालयमा आयोजित एक कार्यक्रमका बिच रोट¥याक्ट क्लब अफ गोरखाले सो बिद्यालयमा कक्षा ५ मा अध्ययनरत सरोज चुदारा, कक्षा ४ मा अध्ययनरत अस्मिता तामाङ र कक्षा ४ मा अध्ययनरत सुलोचना श्रेष्ठलाई जनही दुइ दुइ हजार रकम सहित शैक्षिक सामाग्री हस्तान्त्रण गरेको क्लबले जनाएको छ ।

क्लबलाई भने रोटरी क्लब अफ गोरखाका सदस्य बसन्त श्रेष्ठ छ हजार तथा सम्पूर्ण शैक्षिक सामाग्री सुरेन हर्ट यातायात प्रा.ली.का म्यनेजिङ डाइरेक्टर सुरेन्द्र कुवँरले उपलब्ध गराएको क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । 


बिपन्न बालबालिकाहरु पढाइबाट बञ्चित नहुन भनेर  सहयोग रकम एवम सामाग्री बितरण गरिएको क्लबका पूर्व अध्यक्ष सुजन थापाले बताएका छन् । स्थापनाकाल देखि नै जिल्लामा सामाजिक कार्यमा सक्रिय रहेको यस क्लबमा ३० जना भन्दा बढि युवाहरु आवद्ध छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved