भविष्यमा सप्तरी जस्ता अप्रिय घटना हुन नदिन सरकारले आवश्यक निर्णय गर्नेछ: प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 04:03:45 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमार्फत् संविधान कार्यान्यवन गर्ने राष्ट्रिय दायित्वका लागि जिम्मेवार भएर प्रस्तुत हुन दलहरुलाई आग्रह गरेका छन् । दोलखाको घ्याङसुकाठोकर गाबिसमा पूनर्निर्मित काकलिङ बौद्ध गुम्बाको उद्घाटन गर्दै प्रधानमन्त्रीले दलहरुलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘ठूलो संघर्ष र बलिदानीबाट हामीले संविधान निर्माण गरेका छौं । बलिदानबाट निर्माण भएको संविधान कार्यान्वयन गर्नु राष्ट्रिय दायित्व हो । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरिसकेको सन्दर्भमा सबै दलहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ । सिंहदरबारमा केन्द्रित भएर बसेको अधिकारलाई गाउँ–गाउँसम्म लैजान स्थानीय निर्वाचन जरुरी छ । निर्वाचनलाई प्रतिकूल असर पर्ने गतिविधि नगर्न म सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’


सप्तरीमा भएको घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘आदिबासी जनजाति, मधेशी, महिला, थारु लगायतका उत्पीडित समुदायका अधिकारलाई संविधानमा संस्थागत गर्न सरकार तत्पर छ । राजनीतिक दलहरुको सहकार्य र एकतामार्फत् नै जनताका अधिकार हासिल गर्न सकिन्छ । हिजो सप्तरीमा भएको घोषणाले सरकारलाई दुखी बनाएको छ । मधेशी मोर्चासँग कुराकानी गर्दैछु, आज नै मन्त्रीपरिषदको बैठक बोलाएको छु । मृतकका परिवारलाई राहत, घाइतेहरुको उपचारको व्यवस्था र भविष्यमा त्यस्ता अप्रिय घटना हुन नदिन सरकारले आवश्यक निर्णय गर्नेछ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved