मोर्चा कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त यादवको घरमा तोडफोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 11:48:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सप्तरीमा घटनाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका कार्यकर्ताहरु उग्र बन्दै गएका छन् । मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन अधिकृत डा.अयोधिप्रसाद यादवको राजविराज–९ मा रहेको घरमा  ढुंगामुढा र तोडफोड गरेका छन्। उनीहरुले निर्वाचन आयोगको कार्यालय सप्तरीमा पनि तोडफोड गरेका छन् ।

मोर्चा कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा पनि ढुंगामुढा र तोडफोड गरेका छन्। उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् । सप्तरीमा रहेका एमाले नेताका घरहरुलाई लक्षित गर्दै तोडफोड भएको समाचारहरु प्राप्त भएका छन्  । 

घटनाको विरोधमा मोर्चाले अनिश्चितकालिन मधेश बन्दको आह्वान गरेको छ भने कार्यकर्ताले ठाउँ ठाउँमा प्रर्दशन तथा नारा जुलुस गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved