अग्नि परीक्षामा बार्सिलोना: ६२ बर्षपछि किर्तिमान रचिने वा च्याम्पियन्स लिगबाटै बाहिरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 01:38:33 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लज्जास्पद हार बेहोरेको बार्सिलोनाको अग्नि परीक्षा आज हुदै छ ।  प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)संग ४–० को पराजय बेहोरेको बार्सिलोनाले आज राती दोस्रो लेगको खेल खेल्दै छ ।

 दोस्रो लेगमा बार्सिलोनाले पिएसजीलाई ५-० वा सो भन्दा उत्कृष्ट नतिजाले हराए मात्र बार्सिलोना क्वाटरफाइनल पुग्न सक्नेछ ।अर्थात आजको खेलमा बार्सिलोनाले  ५-१ को जित निकालेमा पनि बार्सिलोना च्याम्पियन्स लिग बाटै बाहिरिने छ । त्यसो भएको खण्डमा सन् २००७ पछि पहिलो पटक बार्सिलोना क्वाटरफाइनल नपुगी बाहिरिने छ । 

च्याम्पियन्स लिगको ६२ बर्षको इतिहासमा पहिलो लेगमा ४-० को हार बेहोरेका कुनै पनि टोलीले दोस्रो लेगमा नतिजा उल्ट्याउन सकेका छैनन्  । अन्य महादेशको कपमा पनि यो केवल ३ पटक सम्भव भएको छ तर ति सबैमा टोलीले कम्तिमा एक 'अवे' गोल गरेको थियो  । तर बार्सिलोनाले 'अवे' गोल पनि गर्न सक्केको छैन  । यहि कारण बार्सिलोनाको लागे आजको खेल गर् या मर सावित भएको छ  । 

बार्सिलोनाका प्रशिक्षक लुईस एन्रिकेले खेल अघि भएको पत्रकार सम्मलेनमा पीएसजीले ४ गोल गर्न सक्छ भने बार्सिलोनाले ६ गोल गर्न सक्छ भन्दै बार्सिलोनाले जित्ने दाबी गरेका थिए  । 

ला लिगामा ३ दिन अघि मात्र बार्सिलोनाले सेल्टा भिगोलाई ५-० ले पराजित गरेको थियो  । त्यहि लयमा बार्सिलोना रहे टोलीको 'कम ब्याक' सम्भावना रहन्छ  । तर आजको बार्सिलोनाको प्रतिद्वोंदी निकै बलियो छ  । 

बार्सिलोनाको च्याम्पियन्स लिगको आगामी यात्रा निर्धारण गर्ने यस खेल बार्सिलोना कै घरेलु मैदानमा नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ  । यस रोमान्चक खेल टेन स्पोर्ट्स १ एचडी र टेन स्पोर्ट्स २ च्यानलमा लाइभ हेर्न सकिने छ ।  त्यस्तै अनलाइन मार्फत http://www.tensports.com/live मा गएर खेलको लाइभ स्ट्रिम हेर्न सकिने छ ।   

सोहि समयमा बेन्फिका र डर्टमथ पनि भिड्दै छन् ।

 यस अघि हिजोको खेलबाट आर्सनललाई समग्रमा १०-२ को गोल अन्तरले पराजित गर्दै बायाँन म्युनिक र नेपालीलाईलाई समग्रमा ६-२ ले पराजित गर्दै रियल म्याड्रिड अन्तिम ८ मा प्रबेश गरि सकेका छन् ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved