तीन दलको बैठक सम्पन्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न एमालेको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 01:52:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्धामा समान धारणा बनाएर जानुपर्ने आवश्यकतामा जोड दिए। 

प्रधानमन्त्री दाहालले अहिले मधेशमा आन्दोलनका कारण केही असहज अवस्था सिर्जना भएको भन्दै एमालेलाई मेची महाकाली अभियान केही दिन स्थगित गरेर राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरे।बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका कार्यक्रममा शान्ति सुरक्षाको सुनिश्चितता गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री बिमलेन्द्र निधि, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु सहभागीता थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved