सिएफएस ट्रेडर्सले युनिलिभरको प्योर इट ब्राण्डका वाटर फिल्टर नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ल्याएको रो फिल्टरले पानीलाई पूर्ण विद्युतिय पद्धतिवाट पानी शुद्धिकरण गर्ने दाबी गरिएको छ । क्लासिक रो प्लस एमएफ र क्लासिक रो प्लस युभी दुई नया उत्पादन आधुनिक टेक्नोलोजीमा निर्मित पूर्ण इलेक्ट्रोनिक फिल्टर डिभाइस रहेको कम्पनीले जनाएको छ।
रो प्रविधिबाट ६ चरणमा पानीलाई शुद्धीकरण गर्ने छ । त्यस्तै ५ लिटर टंयाकी क्षमता रहेने कम्पनीले जानकारी दिएको छ। यी फिल्टरहरुले ६ सय पीपीएम भन्दा अधिक लवणयुक्त पानीबाट १८ सय पीपीएम सम्म टिडीएस निकाली पानीलाई निर्मल पार्छ ।
यी फिल्टरहरुको मूल्य १४ हजार ५ सय र १७ हजार पाँचसय रुपैया तोकिएको छ ।