हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो नेपाल एसबिआई बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 02:28:45 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल एसबिआई बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले १०:४ को अनुपातमा अर्थात हाल कायम रहेको चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको हो । 

अनुमति पाएपछि  बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद जारी गर्न छ ।    हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ  । 

हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ९७ करोड रहेकोमा ४० प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ९७ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved