आजबाट राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 27, 2017 | 02:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank

 आज आइतबारबाट राजधानी भन्दा बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा आएका छन्  । नेपालगंज,वुटवल, नारायणगढ, बनेपा,विराटनगर र विर्तामोडबाट आज देखि ब्रोकर शाखा संचालनमा आएका हुन् ।

विभिन्न नौ कम्पनीहरुले  यस भन्दा अगाडि राजधानी बाहिर शाखा संचालन गर्दे आएका थिए । नेपाल स्टक एक्चेन्जले तत्काल शाखा खोल्नको लागि सेयर दलाल कम्पनीहरुलाई निर्देशन दिएपछि ब्रोकरहरुले उपत्यका बाहिर शाखा खोली कारोबार सुरु गरेका हुन् ।

नेप्सेबाट शाखा संचालनको लागि आशयपत्र प्राप्त गरेका व्यवसायीले शाखा संचालनको लागि पूर्वाधार तयार पार्ने काम गरिरहेकाले अब निकट भबिश्य मै राजधानी बाहिरका विभिन्न १८ शहरहरुमा शाखा खोलेर कारोबार सुरु गर्ने स्टक ब्रोकर एशोसिएसनले जनाएको छ ।

हेर्नुस एशोसिएसनको बिज्ञप्ति।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved