‘टाटा मोटर्स कार मेला सिजन ४’ को अन्तिम दिन : जेस्ट,बोल्टको बिक्री बढी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2016 | 04:14:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा असार २७ देखि सुरु भएको ‘टाटा मोटर्स् कार मेला, सिजन-४’ आज आईतवार सम्पन्न हुँदै छ। सिप्रदी ट्रेडिङ प्रालिको प्रत्येक बर्ष आयोजना गर्ने टाटा मोटर्स् कार मेला, सिजन-४ यो बर्ष गत बिहिबारदेखि काठमाडौंको नक्साल ब्याङ्क्वेटमा सुरु भएको हो।     

पूर्ण पारिवारिक माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको मेलामा अहिलेसम्म २५ सय भन्दा बढीले अवलोकन गरेको बजार प्रमुख सृजन नेपालले जानकारी दिएका छन। अहिलेसम्म विभिन्न मोडेलका ८३ भन्दा बढी गाडीहरु बिक्रि भईसकेको उनले बताए। 

दशैँ तथा नाडा अटो शोलाई मध्य नजर गरेर हरेक बर्ष झैँ यो बर्षपनि टाटा मोटर्स् कार मेला आयोजना गरिएको हो। 'गाडी खरिद गर्ने निर्णय एक व्यक्तिको मात्र नभई सिंगो परिवारको हुने भएकाले मेलामा पारिवारिक माहोल सहित विभिन्न कार्यक्रमहरु समावेश गरेका हौ' उनले भने।    

मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा उपलब्ध रहेको आयोजक टाटा मोटर्सले जनाएको छ । मेलामा जेस्ट, बोल्टमा अवलोकनकर्ताको आकर्षण बढी रहेको बताइएको छ।

मेलामा गेम स्टल एवम् खेल प्रतियोगिताहरु, सांगीतिक कार्यक्रम फुड स्टल, बी-बोइङ, नेल पेन्टिङ, लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहेको छ। यस्ता कार्यक्रमहरुले अवलोकनकर्ताहरुलाई थप मनोरन्जन प्रदान गर्ने आयोजकले जनाएको छ। 

मेलामा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधा, ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने सिप्रदीले जानकारी दिएको छ ।

सो अवसरमा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधा, ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । साथै उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिने जनाइएको छ।

टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मेलामा अवलोकन गरेका बिजेताहरुलाई आज एक कार्यक्रमबिच पुरस्कार प्रदान गरिने भएको छ।  
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved