बाल विकास समाजलाई सिटिजन बैंकको ५० हजार सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 04:06:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले बाल विकास समाजलाई नगद पचार हजार सहयोग गरेको छ। बैंकले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि उक्त रकम विकास समाजलाई सहयोग गरेको हो। 

एक कार्यक्रमबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले बाल विकास समाजका महासचिव सुभास गौतमलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे। सामाजिक उत्तरदायित्व प्राथमिकता राख्दै आएको सो बैंकले भविष्यमा यो कामलाई बढाउदै लैजाने जनाएको छ। 

बैंकले हालै मात्र महाबौद्ध र मानभवनमा शाखा कार्यालयहरुमा ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ। त्यस्तै भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउनको लागि बैंकले नुवाकोट जिल्लाको देउराली गा.वि.स. मा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले सो शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी आईसिङ्ग तामाङ्गलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved