बाख्रा चराउन हिँडेका दुई बालिकाको पानीमा डुबेर मृत्यु

रासस

रासस

Jun 16, 2017 | 07:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । गाउँपालिका–४ सोनवर्षाको कंन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न डुबेर दुवै बालिकाको मृत्यु भएको हो । 

बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

कन्चनपुर गाउँभन्दा एक किमी बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको वर्षाको पानी जमेको र सोही पानीमा दुवै बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् । उनले मृतक बालिकाको शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भएको बताए । रासस 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved