एड मिडिया प्रालि २१ औ बर्षमा प्रवेश गरेको छ। सेवाको २० बर्ष पार गरी २१ औ बर्षमा प्रवेश गरेको कम्पनी तीन जना संस्थापक सदस्यबाट सन १९९६ बाट सन्चालनमा आएको हो।
बार्षिक प्रतिवेदनका आधारमा प्रमुख बिज्ञापन एजेन्सी मध्य एकमा पर्ने कम्पनी स्रोतले जनाएको छ। सोनापुर सिमेन्ट, सिम्रिक एयर, फ्रुटी लगायत ३ दर्जनभन्दा बढी सेवाप्रदायकहरूको आधिकारिक विज्ञापन एजेन्सिका रूपमा सेवा प्रदान गर्दै कम्पनीले जनाएको छ । कम्पनीमा ३० जना कर्मचारी कार्यरत रहेको बताइएको छ।