पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो, यस्तो छ नयाँ मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 08:55:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि  गरेको छ ।  नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । 


निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ भाउ बढाएको हो। त्यसैगरी निगमले हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरेको छ। 

मूल्यवृद्धिपछि पेट्रोल प्रति लिटर १११ रुपैयाँ तथा मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ। 


खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved