३ महिना मै एक खर्ब राजश्व संकलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 04:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल रु एक खर्ब एक अर्ब २४ करोड राजश्व आम्दानी भएको छ । 

यस अवधिमा विभागले रु ९२ अर्ब ४२ करोड राजश्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए । 
मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् । 

त्यसमध्ये सबैभन्दा बढी आयात वीरगञ्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved