अब प्रदेश कार्यालयबाटै श्रम स्वीकृति, काठमाडौँ धाउनु पर्ने बाध्यता अन्त्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 11:07:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अब श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएसंगै राजधानी धाउनु पर्ने बाध्यता अन्त्य हुने भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाटै सेवा उपलब्ध गराउन लागेको हो । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको बताएका छन्।

वैदेशिक रोजगारका सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार काठमाडौं कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयको काम पनि घट्ने सचिव दाहालले बताएका छन्।

 हाल वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले श्रम स्वीकृति दिँदै आएको छ। अब भने प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै वैदेशिक रोजगार पीडितको उजुरी दर्ता र अनुसन्धानको काम पनि हुने छ।

यसका लागि प्रत्येक प्रदेश राजधानीमा श्रम कार्यालय स्थापना भइसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved