बीस वर्षभित्र पर्यटन क्षेत्र आर्थिक विकासको मुख्य अधार बन्छ : मन्त्री अधिकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 02:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आगामी बीस वर्षभित्र पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको मुख्य आधारका रुपमा खडा हुने बताएका छन् । नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सवमा मन्त्री अधिकारीले नेपालमा पर्यटन उद्योगको भविष्य उज्यालो रहेको भन्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।

पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको सुनाउँदै उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले अघि बढाएको बताए ।

कार्यक्रममा बोर्डका सदस्यले नेपाल भ्रमण वर्ष २०२० को सचिवालय बनाईदा निजी क्षेत्रलाई सरकारले उपेक्षा गरेको आरोप लगाए । नेपालमा मन्त्रालय, विभाग नहुँदा पनि पर्यटन प्रवद्र्धनको काम बोर्डले गर्दै आईरहेको भन्दै भ्रमण वर्षको जिम्मेवारी दिने मामिलामा बोर्ड लगायत निजी क्षेत्रलाई सिंहदरबारले नदेखेको एक सदस्यको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved