यातायातका पुर्व महानिर्देशक श्रेष्ठ बिरुद्द भ्रष्टाचार मुद्दा दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 04:37:02 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठ बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्द एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा बिगो माग दाबी सहित बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो  । 

हाल वन तथा बातावरण मन्त्रालयको सह-सचिव पदमा कार्यरत निज श्रेष्ठको खर्च र आम्दानीको विवरण हेर्दा  एक करोड चौतीस लाख बराबरको रकमको स्रोत नखुलेको भन्दै आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको हो । त्यस्तै उनी सार्बजनिक पदमा रहंदा उनकी श्रीमती जमुना तण्डुकारको नाममा समेत श्रोत नखुलेको चल अचल सम्पति देखिन आएको हुँदा सो समत जफत गर्न आयोगले माग गरेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved