अपडेट: दुर्घटनामा को पाइलट र सुरक्षाकर्मीको मृत्यु, घाइतेको अवस्था गम्भीर (नामावली सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2019 | 10:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सोलुखम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान जहाज र हेलिकप्टर ठोक्किएका छन। लुक्लाबाट काठमाडौं ‘टेकअफ’ गर्ने क्रममा समीट एयरको जहाज रोकिराखेको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिंदा दुर्घटना भएको जनाइएको छ। 

दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए। उनकाअनुसार मृत्यु हुनेमा मनाङ एयरका को पाइलट र विमानस्थल सुरक्षामा खटिएका एक जना प्रहरी छन्।त्यस्तै समिटका पाइलट  र एयर होस्टेस गम्भीर घाइते छन्। घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको उनले बताए।    

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीकाअनुसार समीट एयरका को पाइलट श्रवण ढुंगाना र असई रामबहादुर खड्काको मृत्यु भएको छ। समीट एयरका पाइलट आरबी (रवीन्द्र) रोकाया गम्भीर घाइते भएको उनले जानकारी दिए । विमानस्थलमा अन्य यात्रु थिएनन् भने एयर होस्टेस पनि घाइते भएकी छन। घाइते हुनेमा मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ, असइ रुद्रबहादुर श्रेष्ठ रहेका छन् ।

बिहान करिब ९ बजेतिर ल्याण्ड भएको हेलिकप्टरलाई जहाज अनियन्त्रित भएर ठक्कर दिन पुगेको प्रारम्भिक रिपोर्ट आए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन। जहाज र हेलिकप्टर ठोक्किंदा श्री एयरको विमानमा पनि क्षति पुगेको छ । घाइते भएका तीनजनालाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै गरेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved