बालुवाटारको जग्गा धितोमा, नबिल सहित दर्जन बैंकको ३० अर्ब जोखिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 10:24:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारको सरकारी जग्गा विभिन्न बाणिज्य बैंकमा धितो राखेर ऋण लिएको खुलासा भएको छ । व्यक्तिको नाममा पुगेका बालुवाटारको जग्गाहरु बैंकमा धितो राखेर ३० अर्बसम्म ऋण लिएको खुल्न आएको हो 

इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक, एसबिआई बैंक लगायतका बाणिज्य बैंकहरुमा ति जग्गा धितो राखी ऋण लिएको मालपोत कार्यालय स्रोतले जनाएको छ । अहिले सरकारले ति जग्गा रोक्का गरेकोले बैंकहरुको लगानी पनि संकटमा परेको छ 

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले त्यस्ता जग्गा धितो राखेर ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने बताएका छन्  । साथै राष्ट्र बैंकले यस बिषयमा अनुसन्धान पनि गरिरहेको उनले जानकारी दिएका छन।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved